25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

‘कसैको अपमान गरेर तालमेल हुँदैन, सबैलाई समान हुने बुटी खोज्नुपर्छ’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२४ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्केपछि नेता खनालले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर सिट बाँडफाँट गर्न गर्नुपर्ने बताएका हुन् ।

- Advertisement -

नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले गठबन्धनमा सहभागी दललाई अपमान गरे तालमेल नहुने चेतावनी समेत दिए । सबै दललाई समान रूपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘गठबन्धन आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ । २०७४ को निर्वाचन, भर्खरै सम्पन्न स्थानीय निर्वाचनको परिणामका आधारमा उभिएर तालमेल हुनुपर्छ । सबैलाई समान हुने ढंगले तालमेल गर्नुपर्छ,’ उनले भने, ‘कसैले अपमान गरेमा ऊ तालमेलमा आउँदैन । सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ ।’

- Advertisement -

उनले वाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनै पनि सम्भावना नरहेको बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -