25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

पर्साको पोखरियाकि उपप्रमुख बजार अनुगमनमा, धेरै जसाे पसलमा भेटियाे म्याद गुज्रेकाे समान

सिफारिस

पोखरिया । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया बजारमा आज पोखरिया नगरपालीकाको उपप्रमुख रुवी कुमारी ठाकुर सहितकाे अनुगमन टाेलिले बजार अनुगमन गरेकाे छ ।

- Advertisement -

बजार क्षेत्रमा कृत्रिम मुल्य अभिबृद्धी र गुणस्तरहिन समानको बिक्री वितरण भईरहेको भनदै स्थानियहरुले गुनासाेगुनासाे गरेकाे अाधारमा निरिक्षण गरिएकाे उपप्रमुखले बताइन् ।

- Advertisement -

अनुगमन पोखरिया बजारमा रहेको किराना पसल , औपधी पसल, कपडा पसल, विउ बिजन पसल, पान पसल, होटेल, ईलेकट्रीक पसल, फलफुल पसल, प्याथलोजी ल्याब, माछा मासु पसल, तरकारी पसल, लगायतको पसलहरुमा गरिएकाे थियाे ।

अनुगमनको क्रममा मोहित जेनेरल सप्लायर्स किराना पसलमा म्याद गुज्रेकाे ५००/५०० सय ग्रामको सुजी १० पाकेट भेटेको थियो ।

मोहित जेनेरल सप्लायर्सलाई १ पटकको लागी समझाई बुझाई छोडीएको र अब देखी म्याद गुज्रेकाे समान भेटीएमा कडा कारवाही गरिने चेतावनी समेत दिईन।

सो अनुगमनमा स्वास्थय साखा अधिकृत कौशलेन्द्र मिश्रा , समाजिक साखा प्रमुख वालमिकी साह रौनियार, प्रधानमन्त्रि रोजगार कार्यक्रम सन्योजक बिजय साह , विपत ब्यवस्थापन सन्योजक राजेशवर पटेल, प्रधानाध्यापक पारस ठाकुर, लगायतका ब्यक्तीहरुको सहभागीता रहेको थियो ।

पोखरिया नगरपालीकाको धेरैजसो पसलहरुमा पसलको बोर्ड, मुल्य सुचिको बोर्ड, पसल सन्चालनको पान नमबर वा भ्याट सहितको पसलको बोर्डनै नरहेकाे अवस्था फेला परेकाे र समान किन बेच हुँदा पसलेहरुले बिल नदिने र प्राय पसलहररूमा गुणस्तरहिन समान भटिएकाे उपप्रमुख ठाकुरले बताईन ।

उनले पहिलाे पटककाे अनुगमन रहेकाे कारण प्राय पसलेहरूलाइ १ पटकको लागी समझाई बुझाई छोडीएको र अर्को पटक अनुगमन गर्दा फेला परेमा कानुन बमोजिम कडा कारवाही गरिने उपप्रमुख ठाकुरले बताईन ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -