9.1 C
Kathmandu
Friday, December 2, 2022
9.1 C
Kathmandu
18.6 C
Birgunj

सिमरा भेट्रान कप २०७९ आज क्वाटरफाईनल खेल हुदै, एकैदिन चार खेल हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,३१ भदाैं – बाराको सिमरामा जारी दोस्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप २०७९ मा आज क्वाटरफाईनल खेल हुदैछ । सिमरा भेट्रान क्लबको आयोजनामा सिमरा रंगशालामा जारी प्रतियोगिताको तेश्रो दिन आज क्वाटरफाईनल खेल हुन लागेको हो ।

- Advertisement -

स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गरिएको प्रतियोगिता अन्र्तगत आज ४ वटा खेल हुने आयोजक क्लबका अध्यक्ष राज कपुर राउतले जानकारी दिनुभयो । अध्यक्ष राउतका अनुसार पहिलो खेल बिहान ८ बजे सिमरा भेट्रान बि र भुटनदेवी भेट्रानबिच हुदैछ ।

दुई टिमबिचको खेल अहिले भईरहेको छ । दोश्रो खेल बिहान ९ बजे विरगञ्ज भेट्रान सिटि पर्सा र मोरङ भेट्रानबिच हुनेछ । यसैगरी तेस्रो खेल दिउसो ३ बजे चितवन भेट्रान र विरगञ्ज युथ एकेडेमी भेट्रानबिच हुने प्रतियोगिता संयोजक हरी चौधरीले बताउनुभयो । प्रतियोतिा अन्र्तगत चौथो खेल दिउसो ४ बजे कलकत्ता भेट्रान भारत र दार्जलिङ भेट्रान भारतबिच हुनेछ । भदौ २९ गतेदेखि शुरु भएको प्रतियोगिता असोज १ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उप बिजेताले ७५ हजार रुपैया पाउनेछन् । प्रतियोगिताको सह–प्रायोजकमा हुलास स्टिल सिमरा, जगदम्बा स्टिल सिमरा, यु आर गोल्ड प्रिमियम मसला चिया रहेको छ । यसैगरी प्रवद्र्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा, लण्ड्री पार्टनरमा यु आर अटोमेटिक लण्ड्री सिमरा, ईसुरेन्स पार्टनरमा जनरल ईन्सुरेन्स, हस्पिटालिटि पार्टनरमा अल्पाईन हस्पिटल सिमरा र मिडिया पार्टनरमा गोल नेपाल डटकम, रेडियो समर्पण ९८.२ मेगाहर्ज, ई सिलालेख डटकम र ए वान समाचार डटकम रहेको छ ।

 

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -