28.1 C
Kathmandu
Thursday, September 29, 2022
27.1 C
Kathmandu
32.9 C
Birgunj

पर्सामा ट्याक्टर दुर्घटनामा परी एक बालकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,७ असोज – पर्सामा ट्याक्टर दुर्घटनामा परी एक वालकाको मृत्यु भएको छ । शुक्रवार अन्दाजी ९ ः ३० बजेको समयमा पर्सा बीरगन्ज उपमहानगरपालिका वडा नं. २१ ताजपुर स्थित ग्रामिण सडकखण्डमा ना ३ त १४३६ नम्बरको ट्याक्टरमा सवार सोही स्थान वस्ने संजय पासवानको छोरा वर्ष ५ को सुसिल पासवान ट्याक्टरवाट सडकमा लड्न गई सोही ट्याक्टरको चक्काले किचि गम्भिर घाइते भएकोमा तत्कालै उपचारको लागि प्रहरी चौकी परवानिपुरबाट खटिएको टोलीले नारायणी अस्पताल पु¥याउँने प्रयास गरेको थियो । प्रहरीले अस्पताल लैजाने जाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

- Advertisement -

घटनापछि ट्याक्टर नियन्त्रणमा लिएको तथा चालक म.न.पा. वडा नं. २१ बस्ने वर्ष २८ को शुनील यादव फरार भएको प्रहरीले जनाएको छ । मृतकको शवको जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ । फरार रहेको चालकको समेत खोज तलास भइरहेको पर्सामा प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -