10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

नेविसंघको बीरगन्ज महानगर अध्यक्षमा धिरज कुमार साह मनोनित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १० मंसिर -नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको बीरगन्ज महानगर अध्यक्षमा धिरज कुमार साह मनोनित भएका छन् । शनिबार बीरगन्ज महानगरपालिका वडा नं. १२ मुर्लीमा भएको एक भेलाले साहलाई बीरगन्ज महानगर अध्यक्षमा मनोनित गरेको हो । नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष रमेश यादवको अध्यक्षतमा भएको एक भेलाले साहलाई अध्यक्षमा मनोनित गरेको हो । अध्यक्षमा मनोनित गरिएको पत्र नेविसंघका जिल्ला अध्यक्ष रमेश यादवले साहलाई हस्तान्तरण गरे । बीरगन्ज महानगरको अध्यक्षमा मनोनित भएका साहले आगामी दिनमा महानगरको समितिलाई पूर्णता दिनेछन् ।

- Advertisement -

मनोनित भएपछि अध्यक्ष साहले प्रतिक्रिया दिदैं विद्यार्थीका हरेक समस्या समाधान गर्न आफु अब अझै तत्पर भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । ठाकुरराम बहुमुखी क्याम्पसको बीबीएस चौथो वर्षमा अध्ययनरत बीरगन्ज वडा नं. २९ निवासी साह विगत ४ वर्षदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । पर्साको क्षेत्र नं. २ का साह विद्यार्थी राजनीतिमा मात्र नभई माउ पार्टी नेपाली काँग्रेसमा पनि राम्रो दख्खल राख्ने युवा नेताका रुपमा परिचिति छन् । भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसले जित्नुमा साहसहितका युवाहरुको देन रहेको काँग्रेसीजनमा चर्चा छ । नेपाल पोष्ट डेलीसँग कुराकानी गर्दै साहले भने, “मेरा अग्रजहरुले मलाई विश्वास गरेर मलाई अध्यक्षमा मनोनित गर्नुभएको छ, अब समितिलाई चाँडो भन्दा चाँडो पूर्णता दिनतर्फ लाग्छु । साथै, आफ्नो कार्यकालमा विद्यार्थी र विद्यार्थीका समस्या केन्द्रित भएर काम गर्छु ।”

भेलामा नेपाली काँग्रेसका यु्वा नेताहरु बाल्मिकी यादव, सरोज अन्सारी, नेविसंघका पूर्व उपाध्यक्ष साविर हुसैन, नेपाली काँग्रेसको क्षेत्र नं. २ का क्षेत्रीय सचिव मनोज कुमार साह, युवा नेता जलेश्वर साह लगायतका युवाहरुको उपस्थिति रहेको नेविसंघका जिल्ला सचिव फिरोज अन्सारीले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -