बुधबार, बैशाख १९, २०८१
Wed, May 1, 2024

जीबी राईको हत्या भएको...

१९ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमा भ्रमक प्रचार गरेको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले...

भावुक स्टाटस लेख्दै सन्दीप...

१९ वैशाख, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको सिकार भएको बताएका छन्...

श्रमिकको कथामा चलचित्र ‘लेबर’...

१९ वैशाख, काठमाडौं । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र...

पोखरामा डढेलोले मौसम धुम्मिदा...

१९ वैशाख, गण्डकी । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र...
16.1 C
Kathmandu
24.4 C
Birgunj

बीरगन्जमा परिवार नियोजनको अस्थायी साधन ‘सायना प्रेस’ सेवा शुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१३ पुस – बीरगन्ज महानगरपालिकाले परिवार नियोजनको अस्थायी साधन ‘सायना प्रेस’ सेवा शुरु गरेको छ । बुधबार गर्भ निरोधक नयाँ साधनको विषयमा जानकारी गराउन आयोजित कार्यक्रममा महानगरका मेयर राजेशमान सिंहले सेवा शुरु गरिएको घोषणा गरे । उनले यो सेवा प्रभावकारी ढंगले सबैको पहुँचमा पुग्ने गरी लैजान महानगरका स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।

- Advertisement -

स्वास्थ्यकर्मीहरुसँग परामर्ष गर्दै मेयर सिंहले स्वास्थ्य संस्थामा आएका सेवाग्राहीलाई सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न निर्देशन दिँदै हेलचेक्र्याइ गर्नेलाई कारबाही गरिने चेतावनी पनि दिए ।महानगरभित्रका हरेक स्वास्थ्य चौकीमा ‘सायना प्रेस’ पुगिसकेको भन्दै सेवाग्राहीलाई सहजताका साथ यसको प्रयोग गराउन महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले आग्रह गरे ।

महिलाले प्रयोग गर्ने ३ महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस सेवा महानगरका सबै स्वास्थ्यचौकी र केन्द्रबाट प्रदान गरिने उनले बताए । सायना नामक सुई एक पटक लगाएपछि ३ महिनासम्म गर्भ रहनबाट रोक्ने छ ।
विश्वका अन्य देशमा सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रुपमा प्रयोग गरिएको भए पनि नेपालमा भने सुई आफैं लगाउन अनुमति दिइएको छैन ।

- Advertisement -

यसको प्रभावकारिता ९९ प्रतिशत रहेको समेत उनले बताए । कार्यक्रममा बीरगन्ज महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई ‘साइना प्रेस’ लगाउने बारेमा प्रशिक्षण दिइएको छ । गएको साउन महिनादेखि नै ‘साइना प्रेस’ शुरु गर्नु पर्ने भए पनि स्वास्थ्यकर्मीहरु प्रशिक्षित नहुँदा लागु गराउन सकिएको थिएन । जिल्ला स्वास्थ्य कार्यालयले प्रशिक्षण दिएसँगै बिहीबारबाट महानगरका ३२ वटै वडाका स्वास्थ्य चौकी र केन्द्रमा यो सेवा सुरु हुने महानगरको स्वास्थ्य शाखाकी इन्दिरा लोहनीले जानकारी दिइन् ।

‘स्वास्थ्यकर्मी प्रशिक्षित नहुँदा केही ढिला गरी यो सुरु भएको छ,’ उनले भनिन्, ‘अब बिहीबारदेखि ३२ वटै वडामा अस्थायी परिवार नियोजनको लागि आउने महिलाले यो सेवा लिन सक्नेछन् ।’

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार