काठमाडौं,६ माघ – काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गर्न नसकेपछि केही बिमानहरुलाई अन्य विमान स्थलमा अवतरण गराईएको छ ।
खराबम मौसमका कारण आज विहान बिमान स्थलमा भिजिविलिटी कम भएपछि मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको थियाे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकातामा अवतरण गरेको छ ।
नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अवतरण गर्न नसकेपछि कोलकातामा अवतरणमा अवतरण गरेको हो । आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी भएपछि बिमानहरुलाई अन्यत्र सारिएको हो ।
यता आन्तरिक उडान भरेको बिमानलाई पनि अन्य विमान स्थलमा अवतरण गराइएको छ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।
आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ः६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।
उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ । मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ । भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल कार्यालयले जनाएको छ ।