शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
18.1 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

नेपाल प्रहरीको सर्भर ह्याक, करिब ३ जीवी डाटा चोरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेपाल प्रहरीको सर्भर ह्याक भएको छ । ह्याकरले सर्भरमा पहुँच बनाएर २ दशमलव ३ जीवी डाटा चोरी गरेका हुन् ।

- Advertisement -

नेपाल प्रहरीको आन्तरिक प्रयोजनमा हुने इमेल कुराकानी सहितका डाटा डार्क वेबमा लिक भएको बताइएको छ । इमेलको पासवर्ड पाएर ती डाटा बाहिरिएको हुनसक्ने प्रहरीका एकजना अधिकृतले बताए ।

इमेल सर्भर ह्याक गरेर वा कसैको पासवर्ड पाएर ती डाटा लिक भएको हुनसक्ने बताइएको छ । डाटा लिक भएको भनिएका घटना करिब ५ महिना पुरानो कुरा भएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले बताए ।

- Advertisement -

प्रहरी नायव महानिरीक्षक पोखरेलले भने,‘पाँच महिना पुरानो कुरा हो, त्यसमा खास डेटा छैन अहिले हाम्रो सर्भर सुरक्षित छ ।’ प्रहरी कर्मचारीको व्यक्तिगत इमेलको विवरण बाहिरिएको स्विकार्दै डिआइजी पोखरेलले संगठनको डाटा सुरक्षित रहेको दाबी गरेका छन् । उनले भने,‘पुर्व प्रहरीहरुको त्यस्तो भएको हुनसक्छ ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -