बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
12.7 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

सातौं प्याब्सन T20 क्रिकेटको उपाधिको लागि मनकामना र साउथ जोन भिड्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १३ माघ -सातौं प्याब्सन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि मनकामना मावि र साउथ जोन मावि बीचको भिडन्त पक्का भएको छ । शुक्रबार भएको सेमिफाईनलमा मनकामनाले एमईएस र साउथ जोनले गौतम माविलाई पराजित गरेसँगै उपाधि भिडन्त पक्का भएको हो । मनकामनाले एमईएसलाई ५ विकेटले र साउथ जोनले गौतमलाई ३ विकेटले पराजित गरेको हो ।

- Advertisement -

शुक्रबार भएको मनकामना र एमईएस बीचको पहिलो सेमिफाईनलमा टस जितेर पहिले ब्याटिगं गरेको एमईएसले पूरै २० ओभरमा ७ विकेट खर्चेर १३७ रन बनाएकोमा जवाफी ब्याटिंग उत्रिएको मनकामनाले १५.१ ओभरमा ५ विकेट खर्चेर १४१ रन बनाउदैं निर्धारित लक्ष्य पार गरेपछि मनकामनाको जित सुनिश्चित बनेको हो । खेलमा ७ चौका प्रहार गरेर कुल ४५ रनको योगदान दिएका मनकामना माविका जय सर्राफ म्यान अफ द म्याच भए ।

यस्तै, शुक्रबार नै भएको दोस्रो सेमिफाईनमा टस जितेर पहिलो ब्याटिंग रोजेको गौतमले निर्धारित २० ओभर अलआउट हुदैं साउथ जोन सामु १०७ रनको लक्ष्य खडा गरेको थियो । जवाफमा ब्याटिंग गर्दै साउथ जोनले १८.४ ओभरमै ७ विकेटको नोक्सानीमा निर्धारित लक्ष्य पूरा गरेको हो । खेलमा टिमलाई जिताउन टिकेर खेलेका साउथ जोनका कप्तान चन्दन राम म्यान अफ द म्याच भए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -