शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

सरकारमा सहभागी हुने/नहुने विषमा छलफल गर्न बैठक बस्दै रास्वपा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिहीबार बस्दैछ।

- Advertisement -

बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्न लागेकाे हाे। संयुक्त बैठकमा रास्वपा सरकारमा सहभागी हुने कि नहुनेलगायतका विविध विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

रास्वपाले गृहमन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएकाे छ। यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने रविकाे नागरिकता अवैध भएकाे भन्दै सर्वाेच्चले गरेकाे फैसलाकाे पूर्णपाठ आएपछि मात्र गृहमन्त्रालयकाे टुङ्गाे लगाउने बताएका थिए।

- Advertisement -

आजै नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले विराटनगरमा पत्रकारहरूसँग प्रतिक्रिया गर्दै पूर्व गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने जिकिर गरेका छन्।
‍‍
पूर्वप्रधानमन्त्री समेत रहेका ओली रविलाई गृहमन्त्रालय दिन तयार छन् भने प्रधानमन्त्री दाहाल भने लामिछानेलाई गृह मन्त्रालय सुम्पिन तयार भएका छैनन्। माघ १३ गते शुक्रबार सर्वाेच्च अदालतले तत्कालीन उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेकाे ना‍गरिकता अवैध भएकाे फैसला गरेपछि उनी पद तथा जिम्मेवारीबाट मुक्त भएका थिए।

रवि‍ले त्यसलगत्तै आइतबार जिल्ला प्रशासन काठमाडाैँबाट नेपाली नागरिकता लिए पनि उनले पुन:जिम्मेवारी पाउने या नपाउने भन्ने विषयमा यतिबेला चर्काे बहस चलिरहेकाे छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -