बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

आन्तरिक राजस्व कार्यालयका प्रमुख तिवारीद्वारा गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २७ माघ –  आन्तरिक राजस्व कार्यालय बीरगन्ज पर्साका नवआगन्तुक प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयमा कर्मचारीको संख्या कम भए पनि सेवाग्राहीहरुलाई छिटो, छरितो एवम् गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

- Advertisement -

बीरगन्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय, पर्साका नवआगन्तुक प्रमुख कर अधिकृत ढाकाराम तिवारीले विद्यमान कर सम्बन्धी ऐन कानूनमा प्रमुख कर अधिकृतलाई आफ्नो विवेक लगाउने तजबिज नरहेको बताउनुभयो । त्यस्तै उहाँले कर सम्बन्धी शिक्षाको अभावमा करदाताहरुले जरिवाना तिर्नुपर्ने बाध्यता रहेकोले कर सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखी अगाडि बढाउने बताउनुभयो ।

बीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो । उहाँले निजीक्षेत्रमैत्री कर प्रशासन ल्याउनुपर्ने, करको दर नबढाई करको दायरा बढाउनुपर्ने, नन–फाइलरको पहिचान गरी करको दायरामा ल्याइनुपर्ने लगायतको सुझाव दिनुभयो ।

- Advertisement -

कार्यक्रममा उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, सचिव आशीष लाठ, का.स.स. निरज अग्रवालले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा प्रमुख तिवारीलाई धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले गरेका थिए । कार्यक्रममा सङ्घका का.स.स.,पदाधिकारी तथा उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -