सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

नेकपा एस बाम एकताको पक्ष रहेको छ : पूर्वप्रधानमन्त्री खनाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिमरा,४ फागुन । पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका बरिष्ठ नेता झलनाथ खनालले अहिले देशमा राष्ट्रिय सहमती र बाम एकताको आवश्यकता रहेको कुरामा जोड दिनृुभएकाे छ ।

- Advertisement -

बाराको सिमरामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले अहिलेको अवस्थामा देश अस्थिरताको बाटोमा अगाडी बढी रहेको बताएका छन् । पछिल्लो निर्वाचन परिणामले कुनै पार्टीलाई स्पष्ट बहमत प्राप्त नभएपनि हालकै अवस्थामा बाम पार्टीहरुसँग करिब करिब सरकार बनाउँन सक्ने बहुमत रहेको अनले बताए । तर त्यसको लागि वाम एकताको अवश्यकता रहेको खनालको भनाई रहेकाे थियो । बाम एकताको बाधक को हो ? भन्ने पत्रकारको प्रश्नमा उनले ” बिगत र वर्तमानलाई कोट्याउँनेहाे भने बाम एकताको बाधक को हुन् भन्ने कुरा सबैले बुझेको छ । र हाम्रो पार्टी बाम एकताको पक्षमा रहेको” उनले जोड दिए ।

देशमा बाम पार्टीको नेतृत्वमा सरकार रहेको कारण केहि हद सम्म राम्रो काम गर्लान भन्ने हाम्रो बिश्वस रहेको भएपनि हाल एकिकृत समाजवादी पार्टी सरकारको गतिबिधिलाई नजिकबाट नियाली रहेको बताए । अहिलेको सरकारमा बिभिन्न बिचार धाराका पार्टीहरु रहेको कारण स्थिरताको बारेमा अहिले पनि नेपाली जनतालाई शंका रहेको खनालले बताए ।

- Advertisement -

राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आफ्ना भनाईहरु राख्दै खनालले राष्ट्रपति जस्तो पदमा राष्ट्रिय सहमतीकै अधारमा अगाडी बढने पक्षमा हाम्रो पार्टी रहेको कुरामा जोड दिए । हाल सम्म बाहिर जे जस्तो कुराहरु आएको भएपनि नेकपा एसलाई कसै राष्ट्रिपति दिने बारेमा कुनै दलले स्पष्ट नभनेको पूर्वप्रधानमन्त्री खनालले बताए । नेकपा एसलाई नै पाउँने स्थिती बन्यो भने हामी एक मिनेट पनि ढिला नगरी नाम अगाडी सार्ने खनालले बताए । तर कुनै सर्वसहमतीको बारेमा स्पष्ट नभएको कारण पार्टी भित्र यस बिषयमा छलफल नभएको खनालले बताए ।

भारतको पटनामा भइरहेको भारतीय कम्युनिष्ट पार्टीको अबिधेशनमा सहभागी हुन खनाल सहितका टोली सिमरा पुगेका थिए । खनाल नेतृत्वको टोली आजै बीरगन्ज रक्सौल नाका हुदै भारतको पटनाका लागि प्रस्तान गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -