शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
18.1 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

जसपा र एकीकृत समाजवादीबीच एकता नहुने भयो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकता नहुने भएको छ । चुनाव सकिएलगतै दुई पार्टीबीच छलफल सुरु भएपनि एकता नहुने भएको हो । । पछिल्ला दिन एकताका लागि भन्दै दुई पार्टीबीच वार्ता भएपनि हालसम्म त्यसको टुगों लाग्न सकेको छैन दुवै पार्टीले एकताका लागि छलफल गर्न छुट्टा छुट्टै वार्ता समिति पनि बनाएका छन् । दुवै समितिबीच दुई तीन चरण छलफल समेत भइसकेको छ ।

- Advertisement -

छलफलबाट केही निष्कर्ष ननिस्किएपछि एक अर्काको दस्तावेज अध्ययन गर्ने र प्रतिवेदन तयार गरी त्यसमा छलफल गर्ने भन्दै कार्यदल त्यसैमा अल्मलिएको छ । ‘दस्तावेजको अध्ययनको काम त सकिएको छ, प्रतिवेदन पनि तयार भएको छ । त्यसलाई अन्तिम रुप दिन बाँकी छ,’ वार्ता समितिका सदस्य रहेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेलले भने । उनले भने, ‘प्रतिवेदनमाथि छलफल भइरहेको छ, केही दिनमा हामी बुझाउँछौं तर दुई पार्टी बीचमा भने तत्काल एकता हुँदैन, मोर्चासम्म बन्न सक्छ ।’

त्यसबारेमा अहिले छलफल नभएको बताउँदै उनले राष्ट्रपतिको चुनावसम्म एकताको विषयमा केही पनि नहुने बताए । दलका नेताहरु सबै राष्ट्रपति चुनावमा व्यस्त रहेको बताउँदै उनले अहिले दुई पार्टीबीचको एकतातर्फ कसैको ध्यान नभएको बताए । पौडेलले राष्ट्रपतिको चुनावपछि मात्र केही कुरा हुन सक्ने जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -