सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

अमेरिकाले आणविक परीक्षण गरेमा रुसले पनि गर्ने रुसी राष्ट्रपतिको घोषणा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आणविक परीक्षण गरेमा रुसले पनि सुरू गर्ने घोषणा गर्नुभएको छ ।

- Advertisement -

रुसी संसदलाई वार्षिक सम्बोधनका क्रममा पुटिनले प्रष्ट शब्दमा भन्नुभयो– ‘अमेरिकाले आणविक परीक्षण गर्छ भने रुस पनि तयार रहनुपर्छ । त्यसो भयो भने शीतयुद्धकालको अन्त्यसँगै प्रतिबन्ध लगाइएको आणविक परीक्षणको होड पुनः सुरू हुने छ ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन भ्रमणको मौका पारेर भएको सम्बोधनका क्रममा रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्धका लागि पनि पश्चिमा देशहरुलाई दोषारोपण गर्नुभयो । उनीहरु हामीलाई पराजित गर्न र हाम्रो आणविक संयन्त्र पनि कब्जा गर्न चाहन्छन् भन्दै युक्रेनले प्रयोग गरिरहेका ड्रोनहरु नाटो विशेषज्ञहरुको सहयोगमा बनाइएको उहाँले बताउनुभयो ।

- Advertisement -

सम्बोधनका क्रममा पुटिनले पश्चिमा देशहरूको प्रतिबन्धका बाबजुद पनि रुसी अर्थतन्त्र सबल रहेको दाबी पनि गर्नुभयो । पश्चिमा देशहरूले सोचेभन्दा रुसको अर्थतन्त्र निकै बलियो रहेको दाबी गर्दै उहाँले सन् २०२२ मा जीडीपी २ दशमलव १ प्रतिशतले मात्रै घटेको बताउनुभयो ।

पश्चिमा विश्लेषकहरूले भने गत वर्ष रुसको अर्थतन्त्र २० देखि २५ प्रतिशतको घटेको दाबी गरेका थिए ।

पुटिनले अमेरिकी डलर र अन्य पश्चिमी देशका मुद्राहरूबाट स्वतन्त्र, स्थिर एवं सुरक्षित विश्वव्यापी भुक्तानी प्रणाली बनाउन साझेदारहरूसँग काम गरिरहने पनि बताउनुभयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -