बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
12.7 C
Kathmandu
12.7 C
Kathmandu
21.2 C
Birgunj

अब केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउँछौं, ५ वर्ष नै टिकाउँछौं- महामन्त्री थापा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१६ फागुन । कांग्रेस महामन्त्री गगन थापाले सबैले गल्ती बोध गरेपछि फेरि ५ दलीय पुरानो मोर्चा ब्युँतिएको बताएका छन् ।

- Advertisement -

काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पुरानो गठबन्धनले नै बहुमत ल्याउने गरी चुनावमा गए पनि गल्ती गर्दा पुरानो गठबन्धन टुटे पनि दुई महिनामा नै सबैलाई गल्ती महसुस भएको बताएका हुन् ।

सबैले गल्ती महसुस गरेर फेरि एक ठाउँमा उभिने अवस्था आएपछि अब केन्द्र र प्रदेशसमा ५ वर्षसम्मै मिलेर जानुको विकल्प नभएको उनले बताए ।

- Advertisement -

‘पुस १० गते गल्ती भएको भन्ने सबैलाई लागेको हो । खास गरिकन संसदको पहिलो बैठकमा शेरबहादुर देउवाले कुनै तीतो प्रसंग उठाउनुभएन । तर एमाले अध्यक्षले बोल्दा संसद विघटनको घटना सही थियो । संसद विघटन पटकटपटक हुन्छ भन्ने कुरा राख्नुभयो । त्यसपछि यो गठबन्धन टिक्दैन र राख्नुहुँदैन भन्नेमा पुगेका हौं’, थापाले भने, ‘दुई महिनापछि हामी फेरि एक ठाउँमा आएको छौं । अब पाँच दलको गठबन्धनको सरकार बन्छ । प्रदेशमा पनि पाँच दलको गठबन्धन सरकार बन्छ । केन्द्र, प्रदेश र स्थानीय तहमा हामी हुन्छौं । अरूलाई दोष दिएर होइन काम नै गरेर देखाउनुपर्छ ।’

नयाँ सरकार बनेपछिको ५/६ महिनामा राम्रो काम गर्न सकेको आभाष नदिलाए गठबन्धनको अर्थ नहुने थापाले बताए।

‘५ देखि ६ महिनाभित्र हाम्रो गठबन्धनले संघ, प्रदेश र स्थानीय सरकारले आजभन्दा भोलि राम्रो छ भन्ने आभाष गरायो भने राम्रो सन्देश दिनेछ । हामीले परिणाम दिनुपर्छ । किनकि सबैको भान्सादेखि सबैतिर समस्या छ । कसैको खल्तीमा पैसा छैन’, थापाले भने, ‘काम गर्न सकेनौं भनेर जति शक्ति भए पनि हामीसँग सरकार होला संख्या, होला र बोर्ड, नाम होलान् तर जनताको विश्वास हामीलाई हुने छैन ।’

यो बीचमा एकपछि अर्को समस्याको समाधान गर्दै जान सके गठबन्धन टिक्ने नभए नागारिक तहमै विश्वास धूमिल हुने उले बताए।

साथै अब गठबन्धनलाई टिकाउने र विश्वास गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । ‘मद्दत गरेर गठबन्धन बनाउने र तर बनेदेखि लसपस गर्नेतिर लाग्न हुँदैन । ५ वर्ष गठबन्धन जान्छ । यताउता हेर्ने चकचक गर्ने होइन । प्रधानमन्त्रीलाई सफल बनाउने र परिणाम दिने हो,’ थापाले भने ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -