शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

शिवम् ह्याचरीको लापरवाहीका कारण वस्तीमा महामारीको खतरा,समस्या समाधानका लागि स्थानिय सरकारले ठोस पहल नगरेको आरोप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,६ चैत – पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ रहेको शिवम् ह्याचरी उद्योगको कारण पुरै वडावासीको जनजीवन प्रभावित भएको छ । स्थानियहरुका अनुसार ह्याचरी उद्योगको दुर्गन्घ र फोहरका कारण गाउँपालिका नै महामारीको चपेटामा पर्ने खतरा बढेको छ । पशुपंक्षी जन्य समाग्रीको उत्पादन गर्दै आएको उद्योगको कारण खासगरी वडा नं.२ का बासिन्दा सबैभन्दा बढी आर्जित बनेका छन् । उद्योगले वातावरणीय सावधानी तथा फोहर व्यवस्थापनलाई ध्यान नदिँदा पुरा वस्तीमै महामारी फैलिन सक्ने संकेत देखा परेको छ ।

- Advertisement -

गाउँपालिका तत्कालिन जनप्रतिनिधिहरुको मिलोमतोमा मापदण्ड तथा प्रक्रियालाई मिचेर आर्थिक नजराना बुझी उद्योग संचालनको स्वीकृति दिइएको स्थानिायहरुको दावी छ । उद्योगको फोहर तथा दुर्गन्घ बढेको तथा गाउँभरी झिंका लगायत बिभिन्न किसिमका किरा फ्टयाग्राहरुको बुद्धि भएको कारण, गाउँमा वस्नै नसक्ने स्थिती सृजना भएको स्थानियहरुको भनाई छ ।
उद्योग प्रशासनको चरम लापरवाहीका बिरुद्धमा स्थानियहरु बिरोधमा उत्रिन थालेपछि पछिल्लो समयमा गाउँपालिकाका उपमेयर ममता चौधरीको नेतृत्वमा रहेको अनुगमन टोलीले अनुगमन गरी उद्योगले स्थानियहरुको स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाए उद्योग बन्द गर्ने प्रतिवेदन गाउँपालिकालाई बुझाएको छ । तर उद्योगले नत वातावरणीय सुरक्षाका मापदण्डहरु नै अपनाएको छ नत हाल सम्म उद्योग नै बन्द गरेको छ ।

पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बिजय गैरेले तत्कालिन समयमा उद्योगले स्थानियहरुलाई रोजगारी सृजना गर्ने वताएपछि वडा कार्यालयले उद्योग संचालनको लागि सिफारिस मात्र गरेको बताए । तर पछिल्लो समय उद्योगको चरम लापरवाही देखिएको बताउँदै गैरेले उद्योग नै बन्द गर्नु पर्ने अवस्था आएको बताए । गद्यानीका स्थानियहरुका अनुसार पछिल्लो स्थानिय तहको निर्वाचनमा नेताहरुले उद्योग बन्द गराउने सर्तमा भोट लिएका कारण गाउँपालिकाका नेतृत्वले आफ्नो वाचा पुरा गर्नु पर्ने बताउँदै आएका छन् ।

- Advertisement -

गाउँपालिकाको वडा नं. २ मा संचालनमा रहेको शिवम् लेयर्स प्रा.लि.बाट संचालित उद्योगका कारण घरमै वसेर खाना खान समेत समस्या हुने गरेको छ । खाना खान वस्दा थालभरी झिंगा वस्ने,बच्चाहरुलाई झिंगाले आक्रमण गर्ने तथा झिंगा आतंकका कारण दिउँसै झोलहाली सुत्ने अवस्था आएको स्थानिय सजिना विकले बताइन् । वस्तीमा दाल नपाकेको बर्सौ भएको तथा वालवालिकालाई झिंगाा आतंकले पोषिलो खाना खुवाउन नसक्दा कुपोषको सिकार हुने खताराहरु समेत बढी रहेको उनको भनाई छ ।

यो बिषयमा गाउँपालिकाको न्यायीक समितिमा उजुरी समेत परेको भएपछि गाउँपालिकाले हाल सम्म उद्योग बन्द गराउन ठोस पहल नगरेको स्थानियहरुको आरोप छ । उद्योग संचालकलाई गापाले छलफलको लागि पत्रचार गर्दा गाउँपालिकामा उपस्थित नहुने तथा तल्लो तहका कर्मचारीहरुलाई छलफलमा पठाउने गरेको कारणपनि समस्या भइरहेको गाउँपालिकाका उपमेयर ममता चौधरीले बताइन् ।

उद्योग संचालनको अनुमति लिदा आर्थिक चलखेल भएको भन्ने प्रश्नमा उपमेयर चौधरीले तत्कालिन समयमा के भयो हामीलाई थाह नभएको तर हाल समस्या समाधानका लागि गाउँपालिका कार्यालय गम्भीर रहेको बताइन् । उद्योगले अनुमति लिदा चौधरी र वडा नं. २ का वडा अध्यक्ष गैरे दुवै जना नेतृत्वमै थिए । वडा नं. २ का वडा अध्यक्ष गैरेले उद्योग बन्द गर्न सम्बन्धित निकायमा पत्रचार गर्ने प्रक्रियाहरु अगाडी बढेको तथा छिटै समस्या समाधान हुने दावी गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -