शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

कैदीबन्दीलाई महानगरप्रमुख सिंहले गराए...

वीरगञ्ज कारागारमा रमजानमा रहेका मुस्लिम कैदीबन्दीलाई साँझको इफ्तारी गर्न वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान...

लक्ष्य अनुसारको राजश्व संकलनमा...

बीरगन्ज,१५चैत । नेपालको प्रवेशद्धारको रुपमा रहेको बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष...

विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार...

काठमाडौं,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा...

४३९ नागरिकको भागमा जम्मा...

काठमाडौं,१५ चैत । संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३ जना...
16.1 C
Kathmandu
23.4 C
Birgunj

मन्त्री बनाउन ८ दलको दौडधुप : कोही मापदण्ड बनाउँदै, कोही प्रचण्ड फकाउँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०७ चैत् । सरकारलाई विश्वासको मत दिएको संसद्को ठुलो पार्टी नेपाली कांग्रेससहित अन्य पार्टीले सरकारमा सहभागी हुने तयारी थालेका छन्। एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी सरकारबाहिर बस्ने तय भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनलाई विश्वासको मत दिएका दलहरूले सरकारमा सहभागी हुने विषयमा आन्तरिक र दुईपक्षीय/बहुपक्षीय छलफल थालेका हुन् ।

- Advertisement -

विश्वासको मत पाएको ४ दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधामन्त्री प्रचण्डले नै घोषणा गरिसकेका छन् । प्रचण्डले विश्वासको मत पाएपछि संसद् भवनबाट बाहिरिने क्रममा समेत आज (मंगलबार) देखि नै मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल सुरु गर्ने बताए। उनले सरकारमा सहभागी हुने दलहरूबीच मन्त्रालय भागबन्डाको विषयमा छलफल गर्ने बताए।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको जनमत पार्टी सरकारमै छ भने नागरिक उन्मुक्ति पार्टीले १ साताभित्रमा सरकारमा सहभागी हुने जनाएको छ । मधेस केन्द्रित दलहरू जसपा, लोसपा र आमजनता पार्टी पनि सरकारमा सहभागी हुन सकारात्मक छन्।

- Advertisement -

तर, कुन दललाई कतिवटा मन्त्रालय दिने र कसलाई के जिम्मेवारी दिने भन्ने विषयमा सहमति जुट्न बाँकी रहेको नेताहरूले बताएका छन् ।

यस्तो छ दलको तयारी

संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। कांग्रेसले सरकारमा सहभागी हुने विषयमा मापदण्डसमेत तयार गरिसकेको छ। तर, कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लागिसकेको छैन।

सरकारमा सहभागी हुने मापदण्डमा संविधानको रक्षा, विकास र समृद्धि, स्थिरता कायम गर्न सक्ने योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी सांसदहरूलाई सरकारमा पठाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।

कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने विषय टुंगो नलागिसकेको अवस्थामा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, शेखर कोइराला र सभापति शेरबहादुर देउवाकी पत्नी तथा नेतृ आरजु राणासमेतले सरकारमा जाने समूहको नेतृत्व गर्ने आकांक्षा देखाएका छन् ।

त्यस्तै रास्वपा पनि सरकारमा सहभागी हुने विषयमा तयारी गरिरहेको छ। सभापति रवि लामिछानेकोे नागरिकता विवादमा सांसद पद खारेज भएपछि सरकारबाट बाहिरिएको रास्वपा फेरि सरकारमा जाने विषयमा छलफल गरिरहेको छ। मागेको मन्त्रालय दिए सरकारमा जाने रास्वपाको तयारी छ। तर, पार्टीबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा केही छलफल नभएको सचेतक सन्तोष परियारले बताए।

नेकपा एकीकृत समाजवादी पनि सरकारमा जाने तयारीमा छ। मन्त्रालय भागबन्डामा बढीमा ३ मन्त्रालय पाउने यो पार्टीले पनि अर्थ मन्त्रालय दाबी गरेको छ। यद्यपि, समाजवादीले अन्य मन्त्रालय पाएको अवस्थामा पनि सरकारमा जाने तयारी छ।

समाजवादीबाट राजेन्द्र पाण्डेको नेतृत्वमा सरकारमा जाने समाजवादीका एक पोलिटब्युरो सदस्य बताउँछन्। तर, समाजवादीबाट प्रकाश ज्वालाले पनि दाबी गरिरहका छन्। सरकारमा सहभागी हुने निश्चित भए पनि अहिलेसम्म कुन–कुन मन्त्रालय लिने वा कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने विषय नटुंगिएको ज्वाला बताउँछन्।

अघिल्लो पटकसमेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएको लोसपाले यस पटक सरकारमा जाने विषयमा निर्णय गरिसकेको छ। तर, कुन–कुन मन्त्रालय लिने वा कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको कार्यकारिणी सदस्य केशव झा बताउँछन् ।

जनमत पार्टी अहिले पनि सरकारमा सहभागी छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी गरेको जनमत अहिले खानेपानी मन्त्रालयको नेतृत्व गरिरहेको छ। योसहित अर्को कुनै एउटा मन्त्रालयमा उसको दाबी छ। सत्ता गठबन्धन दलमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा जाने तयारीमा छ।

भागबन्डामा उपराष्ट्रपति पाएको जसपा सरकारमा कसको नेतृत्वमा कुन–कुन मन्त्रालय लिएर जाने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको सांसद दीपककुमार कार्कीले बताए। उनले यो विषयमा कार्यकारिणी समिति बैठक बसेर निर्णय गर्ने बताए।

उपप्रधानमन्त्री पाए सरकारमा जाने नागरिक उन्मुक्ति पार्टीको तयारी छ। आफूहरू १ सातापछि उपप्रधानसहित शहरी विकास मन्त्रालय लिएर सरकारमा जाने सांसद लालवीर चौधरीले बताए।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार