शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

बारा–२ उपनिर्वाचन : सिके राउतले बारामा खोज्न थाले उम्मेदवार !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ बाट चुनाव लड्न गरेको प्रस्ताव लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अस्वीकार गरेका छन् ।

- Advertisement -

बारा–२ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनाव लड्ने चर्चा आएसँगै जनमत पार्टीका अध्यक्ष सिके राउतले सो प्रस्ताव लिएर नेता महतोसमक्ष गएको लोसपाका एक नेताले बताए । लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको गठबन्धन रहेको छ सो गठबन्धनको तर्फबाट चुनाव लड्न महतोलाई प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

नेता महतो सर्लाहीबाट चुनाव हारेका छन् । सप्तरीबाट चुनाव हारेका उपेन्द्र यादवलाई कसैले टक्कर दिन सक्छ भने ती हुन् राजेन्द्र महतो । उनलाई बारा–२ मा लाग्न सकियो भने उपेन्द्र यादवलाई टक्कर दिन सकिन्छ मात्र होइन हराउन पनि सकिन्छ भनेर नै प्रस्ताव लगिएको जनमत पार्टीका एक नेताले बताए । तर महतोले त्यो प्रस्ताव अस्वीकार गरेको ती नेताले बताए ।

- Advertisement -

नेता महतो भने आफू छलफलमा रहेको बताउँछन् । उनले भने, ‘बारा–२ मा लोसपाबाट पनि उम्मेदवारी पर्छ, त्यहाँ म उम्मेदवार बन्छु कि अरु कोइ बन्छन् त्यसबारेमा पार्टीमा छलफल भइरहेको छ ।’ आफूलाई उम्मेदवार बनाउनका लागि बाराका नेता तथा कार्यकर्ताहरू आफूलाई भेट्न आएको बताउँदै उनले आफू पनि बारा गएर वस्तुस्थिति बुझेर छलफल गर्ने बताए ।

बारा–२ लगायत चितवन र तनहुँको बारेमा सत्ता गठबन्धनले हालसम्म कुनै निर्णय गरेको छैन । ती क्षेत्रको बारेमा गठबन्धनले के निर्णय गर्छ त्यसपछि एउटा माहौल बन्न सक्छ भन्ने धारणा लोसपाको रहेको छ । लोसपा सत्ता गठबन्धनको निर्णयभन्दा बाहिर जाने पक्षमा देखिएको छैन । यद्यपि आज उपचुनावलगायतको विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक पार्टी कार्यालयमा चलिरहेको छ ।

नेता महतोले बारा–२ बाट चुनाव नलड्ने भनेपछि अध्यक्ष राउत उम्मेदवार खोज्न बारा पुगेका छन् । उनको आफ्नो पार्टीमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई टक्कर दिने उम्मेदवार छैन । अघिल्लो चुनावमा जनमतका उम्मेदवारले जमानत पनि बचाउन सकेको थिएन । उपेन्द्र यादवलाई टक्कर दिने कुनै उपयुक्त उम्मेदवार नदेखेपछि विभिन्न पार्टीमा त्यस्तो उम्मेदवार खोज्ने जारी राखेको छ ।

बाराबाट फर्केका लोसपाका नेता रमन पाण्डेले भने, ‘बारा–२ मा राजेन्द्र महतोको चर्चा छ, राजेन्द्र महतो यहाँ चुनाव लड्न आइ दिए हुन्थ्यो भनी धेरैको चाहना छ, तर उहाँ (महतो)ले के गर्नुहुन्छ थाह छैन ।’ बारा–२ मा उपेन्द्र यादवसँगै राजेन्द्र महताको चर्चा रहेको उनले बताए ।

त्यस्तै, सोही पार्टी नेता सन्तोष मेहताले राजेन्द्र महतोले उपनिर्वाचन लड्ने न लड्ने उनको स्वविवेकमा भर पर्ने बताए । नेता महतोले चुनाव लड्ने कि नलड्ने त्यो बारा बासीको आकाङ्क्षामा पनि भर पर्ने बताउँदै उनले वास्तविक जनताको प्रतिनिधि राजेन्द्र महतो जस्तो हुनुपर्ने टिप्पणी गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -