शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मकवानपुर,१० चैत । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले शुक्रबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै एमाले सरकारबाट बाहिरिएर सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए ।

- Advertisement -

उनले एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने बताए । उनले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसमेत नदिने प्रस्ट पारे ।

गत पुस २५ गते माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वमा प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो । एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री नियुक्त भएका थिए ।

- Advertisement -

संसदमा आफ्नो धारणा राख्दै नेता थपलियाले विगतमा सत्ता गठबन्धन एमाले अनुकुल हुँदाको बखतमा कांग्रेसले देखाएजस्तो ढुलमुले शैली एमालेले नदेखाउने बताए । प्रतिपक्षको भूमिकामा रहेर एमालेले सरकारलाई रचनात्मक सुझाव र खबरदारी गर्ने उनको भनाइ छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -