प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ वटा मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । सत्ता गठबन्धनमा भएको छलफलमा सो सहमति भएको हो ।
बालुवाटार स्रोतका अनुसार एकीकृत समाजवादीले २ वटा मन्त्रालय तथा जसपाले पनि २ वटै मन्त्रालय पाउने गरी सकारात्मक छलफल भएको छ ।
सरकारमा सहभागी हुन चाहने अन्य पार्टीलाई भने १–१ वटा मन्त्रालय दिनेगरी सहमति भएको छ । कांग्रेसले भने सबैभन्दा धेरै ८ वटा मन्त्रालय पाउने स्रोतको दाबी छ ।
- Advertisement -
प्रधानमन्त्री प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।