बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
14.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ चैत – बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबन्डाका विषयमा छलफल गर्न सत्तारुढ १० दलको बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।

- Advertisement -

बैठकमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अधयक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउत, प्रभु साह, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहर सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डलाई संसदमा विस्वासको मत दिएर समर्थन गरेको १० दलसहितको गठबन्धमा मनत्रालयको भागबण्डा नमिल्दा सरकार विस्तारमा ढिलाई भइरहेको छ ।

- Advertisement -

चैत ६ गते संसदबाट दोस्रो पटक विस्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले ३/४ दिनमै सरकार विस्तार गर्ने बताएका थिए । तर गठबन्धनमा भागबण्डा नमिल्दा मन्त्रीपरिषद विस्तार विषय लम्बिएको हो ।

एउटै मन्त्रालयमा धेरै दलहरुको दावी र धेरै मन्त्रालय पाउनुपर्ने दलहरुको अडानका कारण प्रधानमनत्री प्रचण्डलाई सरकार विस्तारमा सकस परेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -