शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

नागरिकतासम्बन्धी कानुन तत्काल संसदमा टेबल गर्नुपर्छ : गगन थापा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१५ चैत । नेपाली कांग्रेसका सांसद गगन थापाले नागरिकतासम्बन्धी कानुन तत्काल संसदमा टेबल गर्नुपर्ने बताएका छन् ।

- Advertisement -

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकता नभएकै कारण कयौँ नेपालीले वर्षौंदेखि समस्या भोगिरहेकाले अबिलम्ब नागरिकतासम्बन्धी कानुन टेबल गर्नुपर्ने बताएका हुन् ।

‘नेपाली नागरिक बुबाआमाबाट जन्मिएका सन्तानले नागरिकताको प्रमाणपत्र पाउनुपर्ने उनीहरूको नैसर्गिक हक हो, संवैधानिक हक हो । तर यीमध्ये कयौँले नागरिकता पाउन सकेका छैनन्,’ थापाले भने, ‘नागरिक हुँदाहुँदै पनि नागरिकताको प्रमाणपत्र नहुँदाको पीडा पासवर्ड बनाउन नपाउने, बैंकमा खाता खोल्न नपाएर मिटर ब्याजमा पैसा लिनुपर्ने, लोकसेवाको परीक्षा दिन नपाउने, बाहिर जान नपाउने, यी तमाम अवरोध र अपमानहरू हामी सायद बुझ्न सकिरहेका छैनौँ ।’

- Advertisement -

थापाले अगाडि थपे, ‘नागरिकताको कानुनको सम्बन्धमा राजनीतिक दलहरूकाबीचमा जुन विमति छ, ती बिमतिहरूलाई थाती राखेर, हाम्रो बीचमा समझदारी भइसकेको, जन्मसिद्धका सन्तानले संविधानत नागरिकता पाउनुपर्ने कुरालाई कार्यान्वयन गर्न आमाको नाममा नागरिकता पाउनुपर्ने विषयलाई कार्यान्वयन गर्ने सन्दर्भमा, यही सत्रमा टेबल गर्नका लागि म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -