शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

यातायात कार्यालय बीरगन्ज परिसरबाट ११ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२१ चैत – जिल्ला प्रहरी कार्यालय पर्साले यातायात व्यवस्था कार्यालय बीरगन्ज परिसरबाट ११ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले सवारी शाखा र लाइसेन्स शाखाबाट पक्राउ गरेको हो । यातायात कार्यालयमा दलालहरु मार्फत काम हुने गरेको तथा कामका लागि आउँने सेवाग्राहीलाई दलालहरुले ठगी गर्ने गरेको गुनासाहरु आएपछि यातायात कार्यालय बीरगन्जमा पुगेको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनीहरुलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए ।

- Advertisement -

पक्राउ परेकाहरुका साथबाट फरक फरक नाम गरेको सेवाग्राहीहरुको व्लुबुक,लाइसेन्स कार्ड लगायतको कागजपत्रहरु बरामद भएको प्रहरी उपरीक्षक शाहले बताए । पक्राउ परेकाहरुलाई म्याद थप गरी जिप्रका पर्साको हिरासतमा राखिएको तथा उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिगत लामो समयदेखि बन्द रहेको लाइसेन्स वितरण कार्य शुरु भएसँगै यातायात कार्यालय पर्सामा दलालहरु सक्रिय भएका छन् । यातायता कार्यालय पर्सामा पुगेका प्रहरी टोली खोजी खोजी दलालहरुलाई पक्राउ गर्न थालेपछि केहिकेर कार्यालय परिसर भित्र भागदौड मच्चिएको थियो । ब्युबुक नविकरण,गाडीको कर, लाइसेन्स बितरण प्रक्रियामा दलालहरुको मिलोमतोमा यातायात कार्यालयका कर्मचारीहरुले घुस खाने गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -