सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

ठोरी आसपासमा आतङ्क मच्चाउने बाघ नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२२ चैत । पर्साकाे ठोरी गाउँपालिकालगायत आसपासको क्षेत्रमा आतङ्क मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ।

- Advertisement -

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिइएको हो ।

ठोरीस्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनका अनुसार पछिल्लो केही दिनदेखि सो बाघले किसानका बाख्रालगायत घरपालुवा जनावर मारेर खान थाले पछि स्थानीयको अनुरोधमा सो बाघलाई नियन्त्रणमा लिइएको हो । बाघका कारण स्थानीयको ज्यान नै जोखिम पर्ने सम्भावना बढे पछि स्थानीयले निकुञ्जलाई बाघ नियन्त्रणमा लिन अनुरोध गरेका थिए ।

- Advertisement -

सो बाघलाई नियन्त्रणमा लिनु अघि ठोरी आसपासका क्षेत्र तथा बाघ हिँड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टरसहितको टोली परिचालन गरेर रेक्की गरिएको थियो । पाँच दिनको अनवरत प्रयास पछि सो बाघलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली सफल भएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -