शनिबार, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

गोरखामा पौडी खेल्ने क्रममा...

४ जेठ, गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई...

‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन...

४ जेठ, ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका...

पहिलोपटक पटक टिपताला पुगे...

४ जेठ, ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो...

पार्टी छोडेर गएका नेता...

४ जेठ, काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएर गएका...
21.1 C
Kathmandu
31.6 C
Birgunj

नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,२४ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

- Advertisement -

उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी बिहीबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।

‘अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकोले उनीमाथि पनि छानबिन गर्नु परेकोले जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको हो’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले भने ‘अहिले मेयर भन्दा पनि उनी परिक्षार्थीको रुपमा देखिएकोले सोही बमोजिमको अनुसन्धान कार्य गर्दैछौं ।’

- Advertisement -

कानुको सट्टामा एसईई दिंदै गरेको आरोपमा गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह पक्राउ परेका थिए ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फका परीक्षार्थी मेयरले आफ्नो सट्टामा कमललाई परीक्षा दिन लगाएको खुलेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन् । साहले प्रहरी अनुसन्धानका क्रममा मेयर प्रेमलाल साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेका प्रहरीको भनाइ छ ।

परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार