शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

भरुवा बन्दुकसहित सिकार खेल्ने तीन जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०३ जेठ । महोत्तरीको जङ्गलमा भरुवा बन्दुकसहित सिकार गर्न गएका तीनजना पक्राउ परेका छन्।

- Advertisement -

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेमबहादुर भोलन र ३८ वर्षीय अमिर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मंगलबार साँझ महोत्तरीको बर्दिबास नगरपालिका ११ स्थित पूर्व-पश्चिम राजमार्ग सडक खण्डबाट ३ किमी उत्तरतर्फ पर्ने वनपथ राष्ट्रिय वन क्षेत्रभित्र भरुवा बन्दुक लिएर जनावरको सिकार गरीरहेको सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए।

- Advertisement -

प्रवक्ता गिरीका अनुासर सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बर्दिबास र प्रहरी चौकी खयरमाराबाट खटेको प्रहरीको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -