शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

पर्सामा हालसम्म मिटरब्याजका एक हजारभन्दा बढी उजुरी दर्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० जेठ । पर्सामा हालसम्म मिटब्याजसम्बन्धित एक हजारभन्दा बढी निवेदनहरू दर्ता भएका छन्।

- Advertisement -

सरकारले मिटरब्याज पीडितरूलाई निवेदन दर्ता गराउन आह्वान गरेसँगै अहिले जिल्लामा हजारभन्दा बढी निवेदनहरू दर्ता भएका हुन्।

जिल्ला प्रशासन कार्यालय, पर्साले दिएको जानकारी अनुसार बुधबार अपरान्ह १२ बजेसम्म मिटर ब्याजसम्बन्धित एक हजार २४ वटा निवेदनहरू दर्ता भएको
जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको ठाडो उजुरी छलफल (मिटर ब्याज) कक्षका प्रमुख गौरीशंकर गुप्ताले बताए।

- Advertisement -

उनले अहिले पनि निवेदन दर्ता हुने क्रम जारी नै रहेकोले संख्या झनै बढ्ने बताए। गुप्ताका अनुसार सरकारले गत जेठ ७ गतेसम्म मिटरब्याज पीडितहरूको निवेदन दर्ता गर्ने समय तोकेकोमा फेरि एक हप्ता थप गरेको छ।

मिटरब्याज पीडितहरूले अहिले धमाधम निवेदन दर्ता गराइरहेका छन्। निवेदन दर्ता गराउनको लागि जिल्ला प्रशासन कार्यालयमै निःशुल्क फर्मको व्यवस्था गरिएको तथा कर्मचारीले आफैं उक्त फर्म भरेर सहयोग गरिदिने व्यवस्थासमेत मिलाइएकाे गुप्ताले बताए।

प्राप्त निवेदनहरूलाई अनलाइन प्रविधिमा इन्ट्री गरिने तथा सरकारले गठन गरेको आयोगलाई जानकारी गराइने उनले बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -