बीरगन्ज,११ जेठ – बिल विजक भन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू बोकी बीरगन्जबाट सर्लाहीतर्फ गईरहेको ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । बिशिेष सूचनाको अधारमा ट्रक बिल बिजक भन्दा समान लोड गरिएको भेटिएपछि समान सहित ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी बुधवार अन्दाजी राती १० बजेको समयमा महानगरपालिका वडा नं.१६ नगवा स्थित सडकखण्डमा ना.७ ख ७६७६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सर्लाही ढुवानी ट्रान्सपोर्टबाट पठाईएको ट्रकमा विल बिजक बढी माल समान लोड गरिएको भेटिएको थियो । ट्रकलाई नियन्त्रणमा लिई हेर्दा रू. अ.मु.रू ३२ लाख ३७ हजार ७ सय ३९ रुपैया बराबरको हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिइएको ट्रक उपर थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रेस बिज्ञप्ती जारी गरी जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।