सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

रेशमलाई माफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिँदै पीडित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१२ जेठ । रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने सरकारी प्रयासविरुद्ध पीडित परिवारले राष्ट्रपतिको कार्यालयमा निवेदन दिने भएका छन् । टिकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा कडायत बोहराले राष्ट्रपति कार्यालयमा निवेदन दिन लागेकी हुन् ।

- Advertisement -

‘आज सम्माननीय राष्ट्रपतिज्यू समक्ष निवेदन बुझाउन जाँदै छौँ’ रातोपाटीसँग कुरा गर्दै शारदा बोहराले भनिन्– ‘राजनीतिक सौदाबाजीको प्रयत्न भएको छ ।’

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक केशव बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो । प्रदर्शनको नेतृत्व रेशम चौधरीले गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी अदालतको फैसलाअनुसार जेलमा छन् । जिल्ला अदालत, उच्च अदालत डोटी र सर्वोच्च अदालतले रेसमविरुद्ध जन्मकैद फैसला गरेको छ ।

- Advertisement -

जन्मकैदको फैसला ठहर भएका रेशमलाई आममाफी दिन सरकारले राष्ट्रपतिको कार्यालयसँग राय मागेको छ । केशव पत्नी शारदाले निर्दोष सिपाहीको न्यायका लागि अनवरत लडिरहेको बताइन् । उनले भनिन्– ‘हत्यारालाई सजाय दिलाउने कसममा रत्तिभर विचलित छैन ।’ न्यायको लागि बिन्ती गर्दा गरिरहँदा आममाफी र अध्यादेशमार्फत मुद्दा फिर्ता लिने छलफलले आफूलाई थप पीडा हुने गरेको उल्लेख गर्दै उनले भनिन्– ‘मेरो पति लगायतलाई प्रहार गर्दै गरेको हृदय विदारक चित्कारको आभास गराएको छ ।’

कर्तव्यपरायणको सिलसिलामा श्रीमानको हत्या भएपछि आफू र आफ्ना परिवारलाई राजनीतिले पटक–पटक जिउँदै मारेको उनको भनाई छ । बोहरा प्रश्न गर्छिन्– ‘निरन्तर घाउ माथि घाउ थपिएको छ, अपराधीले राजनीतिको खास्टो भिर्दैमा देशमा न्याय कायम हुन्छ ?’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -