बिहिबार, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

शेयर बजार घट्यो

काठमाण्डौ – शेयर बजार लगातार चौथो दिन आज पनि घटेको छ । ...

विराटनगर जुट मिल्समा आगलागी,...

विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको...

देशभर मौसम बदलीरहेको छ...

अहिले देशैभरको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान...

आज – १० फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक झमेलामा परिएला...
10.1 C
Kathmandu
16 C
Birgunj

प्रधानमन्त्रीको भारत भ्रमण तालिका सार्वजनिक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं ,१३ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न लागेको भारत भ्रमण तालिका शनिवार सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने जानकारी दिएको हो ।

- Advertisement -

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा निस्किन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी भ्रमणका क्रममा ४ दिन अर्थात १७ गतेदेखि २० गतेसम्म भारतमा रहनेछन् ।

भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारीसँग भेटवार्ता गर्नेछन् । भारतीय समकक्षी मोदीसँग द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको छ ।

- Advertisement -

त्यस्तै प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड जेठ २० मा काठमाडौँ फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम समेत रहेकाे भ्रमणा तालिकामा उल्लेख गरिएकाे छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार