सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

किर्ते गरेको आरोपमा रौतहटको गरुडा नगरपालिकाकाे एक कर्मचारी पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

किर्ते गरेको आरोपमा रौतहटको गरुडा नगरपालिकामा करारमा कार्यरत एक कर्मचारी पक्राउ परेका छन् । नगरपालिकाको पञ्जीकरण फाँटमा कार्यरत रामनारायण सहनीलाई किर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनको पक्राउ बारेको जानकारी प्रहरीले सार्वजनिक गरेको छैन । पीडित परिवारले शनिबार पत्रकारहरुसित श्रीमान्‌को पक्राउबारे सार्वजनिक गर्न माग गरेका छन् ।

- Advertisement -

गरुडा–२ गेडही घर भएका सहनीले लिएको ५ लाख पेस्कीको रकम फछर्यौट गर्न प्रमुख प्रशासकीय अधिकृत भूदेव झाको नक्कली हस्ताक्षर गरेको आरोपमा इलाका प्रहरी गरुडाले पक्राउ गरेको हो । उनलाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो । तर अहिलेसम्म सार्वजनिक गरेको छैन ।

पेस्की रकमको फछर्यौटको गोश्वरा भौचरमा उनले नक्कली हस्ताक्षर गरेको प्रमुख प्रशासकीय अधिकृत झाले बताए । ‘उनलाई छानबिनका लागि प्रहरीले पक्राउ गरेको छ,’ उनले भने, ‘अनुसन्धानबाट किर्ते गरे नगरेको भन्ने खुल्छ ।’ पक्राउ परेका सनहीका परिवारले नगरप्रमुख कन्थमणि जैसवाल र प्रमुख झाले किर्ते हस्ताक्षर गरेको भनेर फसाएको आरोप लगाएका छन् ।

- Advertisement -

सहनीका श्रीमती लालवती देवीले नगरपालिकाबाट लिइएको भनिएको पेस्की रकम आफूहरुले सदुपयोग नगरेको दाबी गरे । ‘हामीले उक्त रकम खर्च गरेका छैनौं,’ उनले भनिन्, ‘यसमा यथार्थ छानबिन हुनु पर्छ । वास्तविक बाहिर आउँछ ।’

उक्त पेस्की फछर्यौट गर्न पटक पटक ताकेता गर्दा प्रमुख झाले नमानेको उनको आरोप छ । आफ्नो श्रीमान्‌ले कुनै कागजमा नक्कली हस्ताक्षर नगरेको सहनी परिवारको दाबी छ । नगरप्रमुख जैसवालले प्रमुखको हस्ताक्षर किर्ते गरेको खुलेपछि प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान थालेको बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -