शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

माओवादी पार्टी बिग्रिनुको प्रमुख कारण नेता/कार्यकर्ता जनतामा नजानु हो: महरा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१३ जेठ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्विकार्य नहुने दाबी गरेका छन्।

- Advertisement -

प्रेस सेन्टर नेपालको १९ औ साधारण सभा र २१ औँ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘पार्टी केही बिग्रिएको छ। यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ। केही मात्रामा बिग्रिनुका प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो। दोस्रो कारण पार्टीमा गुटबन्दी छ। यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइँदैन। नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिन्छ।’

- Advertisement -

उपाध्यक्ष महराले पार्टीलाई राम्रो बनाउनका लागि प्रधानमन्त्री एवम पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीकै नेता कार्यकर्ताले घेराबन्दी गर्नुपर्ने बताए।

उनले भने, ‘घेराबन्दीको बीचमा अगाडि बढ्नका लागि दृढ संकल्प गर्नुपर्छ। कमरेड प्रचण्डको वरिपरि घेराबन्दी पार्टीका नेता कार्यकर्ताले नै गरौँ।’ माओवादी नेतृत्वको सरकारका विरुद्ध वैदेशिक शक्ति पनि घेराबन्दीमा लागेको माओवादी उपाध्यक्ष महराले बताएका छन्।

सहकर्मी कृष्णसेन इच्छुक र प्रेस संयोजक त्रिभुवन पौडेल गुमाउँदा धेरै चिज गुमाएको महसुस भइरहेको पनि उपाध्यक्ष महराले बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -