शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गरेको छ : लिङदेन

सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन्।

- Advertisement -

शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको आदेश दिएपनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताए।

‘आज सरकार मस्त निन्द्रामा छ। केही खरदार सुब्बा र मानिसलाई जेल हालेर ठूलै भ्रष्टाचारविरुद्ध काम गरेँ भनेर सरकार दंगा पिटिरहेको छ। केही मानिसमा भ्रम पनि होला, यो सरकार ठूलै काम गर्न लाग्यो कि के हो भनेर। आज आदेशअनुसार काम गर्ने ? आफ्नो पैसा लगानी गरेर जग्गा किन्ने मानिसलाई कारबाही गर्ने, थुनामा राख्ने सरकारले आदेश दिने, मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई किन थुन्न सकेन,’ लिङ्देनले भने, ‘अदालतले अस्ति भर्खर आदेश दियो। त्यो आदेश तामेल गर्ने, पैस लगानी गरेर जग्गा किन्ने मानिसलाई होइन, आदेश दिने र मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई पक्राउ गर भनेको छ। खै सरकाररु यदी यो सरकार भ्रष्टाचारको बिरुद्ध इमान्दार थियो भने त्यहाँ किन पुगेनरु सत्तारुढ पार्टीका बैठकमा तैँ चुप मै चुपको निर्णय भएको छ। जे भयो यत्तिमै राख्ने निर्णय भएको छ।’

- Advertisement -

सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचार बिरुद्धका काकम गरेँ भनेर दंगा पिटेको बताए। उनले सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने दाबी गरे।

उनले ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरुलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको पनि बताए।

‘आज हेर्नुहोस् देशको अवस्था कस्तो छ, हामी मिसन ०८४ भन्छौँ। कति पार्टीहरू मिसन ०८४ भनेर कुदिरहेका छन्। देशको यही अवस्था निरन्तर रुपमा रही रहने हो भने त्यो ०८४ नआउन सक्छ। चुनावै नआउन सक्छ,’ उनले भने, ‘आज भ्रष्टाचार कुन ढंगले बढेर गइरहेको छ। आज महंगी कुन ढंगले बढीरहेको वैदेशिक हस्तक्षेप, बेरोजगारी कुन ढंगले बढीहरेको छ ? तपाई कल्पना गर्नुहोस्। यही स्थिति छोडिरहने हो भने ०८४ को चुनाव आउलारु नेपाल आज शक्ति देशको प्रतिस्पर्धा स्थल बनिरहेको छ। कुनैपनि बेला शक्ति राष्ट्रको द्वन्द्वको शिकार बन्नसक्छ।’

साथै, उनले नेपाल आज शक्ति देशको प्रतिस्पर्धा स्थल बनिरहेको बताउँदै उनले सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -