शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

साढे चार महिनामै पाँच एआईजीहरुको सरुवा, शरणार्थी प्रकरण अघि बढाउने एआईजी पनि हटाइए

सिफारिस

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले नक्कली शरणार्थी प्रकरण खोतल्दै आएका उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीको सरुवा गरेको हो।

- Advertisement -

नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गर्नै लाग्दा सत्तारुढ दलभित्रैबाट दबाब दिइएपछि ज्ञवाली सरुवामा परेको बताइन्छ।

ज्ञवाली उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साढे ४ महिना मात्र भएको छ। उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दीपक थापाको सरुवा भएको छ।

- Advertisement -

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईको मानव स्रोत विभागमा सरुवा भएको छ। मानव स्रोतका प्रमुख सन्दीप भण्डारी राईको स्थानमा पठाइएका हुन्।

यस्तै, प्रशासनमा एआईजी मीरा चौधरीको सरुवा भएको छ। चौधरी कार्य विभागमा कार्यरत थिइन्। प्रहरी मुख्यालयको कार्य विभागमा एआईजी श्याम ज्ञवालीलाई पठाइएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -