शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

संविधानले मुलुकलाई गति दिन सक्दैन भनेर हस्ताक्षर गरेनौं : उपेन्द्र यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०४ भदाै । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनलाई स्वर्गीय प्रदीप गिरिले मुक्तिको आन्दोलन भनेर सबैभन्दा पहिले समर्थन गरेको बताएका छन् । काठमाडौँको प्रज्ञामा स्कुल अफ डेमोक्रेशीद्वारा प्रदीप गिरिको स्मृतिमा सोमबार आयोजित कार्यक्रम यादवले मधेस आन्दोलनमा आरुले विभिन्न आरोप लगाउँदा गिरिले समर्थन गरेको स्मरण गरे ।

- Advertisement -

‘मधेस विद्रोश विभेदमा पारिएका सीमानतकृत समुदायहरु संघर्ष थियो । त्यो आन्दोलनलाई कसै कसैले यो अतिवादी हिन्दुहरुले गरेको आन्दोलन भन्थे । शान्तिप्रक्रियालाई विथोल्न आएको आन्दोलन भन्थे । कसैले साम्प्रदायिक भनेर आरोप लगाएको बेलामा प्रदीप गिरि एक्लैले यो आन्दोलन मुक्तिको आन्दोलन हो । यसलाई सबैले साथ दिनुपर्छ,’ उनले भने ।

संविधानले अन्तरिम संविधानले व्यवस्था गरेका अधिकारलाई पनि सम्बोधन गर्न नसकेको यादवले बताए । ‘समावेशिता, संघीयता, निर्वाचन प्रणालीप्रति प्रदीप गिरिको विमति थियो । उहाँको विचार र हाम्रो बुझाइ एउटै थियो । संविधानले भविष्यलाई देखेन । अहिले समस्या छ । मुलुकलाई गतिदिन सक्दैन भनेर हामी दुई जनाले हस्ताक्षर नगरेको हो ,’ उनले भने ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -