शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा नेविसंघले बालुवाटार घेर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०९ भदाै । इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने भएको छ ।

- Advertisement -

अध्यक्ष दुजाङ शेर्पाले शनिबार एक विज्ञप्ति जारी गरी इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धिको विरोधमा आइतबार विहान १० बजे बालुवाटार घेराउ कार्यक्रम राखिएको जानकारी दिए ।

सर्वसुुलभ र गणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व हो भन्दै नेविसंघले इन्जिनियरिङ शिक्षा महंगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने बताएको छ ।

- Advertisement -

शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेविसंघका नेता सुलभ चापागाईं पाँच दिनदेखि आमरण अनशनमा छन् । नेविसंघले उनको जीवन रक्षाको पनि माग गरेको छ ।

नेविसंघले सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने र इन्जिनियरिङ अध्ययन संस्थानले हालै गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गरेको छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा स्थापित गरी अनुदान बढाउनुपर्ने, सबै विश्वविद्यालयमा इन्टर्नसिप, रोजगारी सुनिश्चितता र रिसर्चको व्यवस्था गर्नुपर्ने पनि नेविसंघले माग गरेको छ । नेविसंघले विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्ने माग पनि गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -