शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

चीनले जारी गरेको नयाँ नक्साप्रति भारतको कडा विरोध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१३ भदाै । नयाँ दिल्लीले आफ्नो भूभाग चीनको भएको दाबी गर्ने नयाँ नक्सालाई लिएर कडा विरोध जनाएको छ । चीनले जारी गरेको नयाँ नक्साले भारतीय राज्य अरुणाचल प्रदेश र अक्साई चीन पठारलाई चीनको भूभागमा रहेको देखाइएको भन्दै भारतले कडा कूटनीतिक विरोध गरेको हो ।

- Advertisement -

बेजिङले भारतको अरुणाचल प्रदेश र अक्साई चीन पठारलाई आधिकारिक चिनियाँ क्षेत्र देखाउँदै जारी गरेको आधिकारिक नक्साका विषयमा भारतीय सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेपछि नयाँ दिल्लीले विरोध जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले आज चीनको तथाकथित २०२३ को नक्साप्रति चिनियाँ पक्षसँग कूटनीतिक च्यानलमार्फत कडा विरोध दर्ता गराएका छौं ।’

- Advertisement -

‘हामी ती दाबीहरूलाई अस्वीकार गर्छौँ किनभने तिनीहरूको कुनै आधार छैन । चिनियाँ पक्षको यस्तो कदमले सीमा क्षेत्रमा देखिएका प्रश्नहरूको समाधानलाई जटिल तुल्याएको छ,’ बागचीले भनेका छन् ।

बेजिङको सरकारी स्वामित्वको ग्लोबल टाइम्स पत्रिकाले जारी गरेको नक्सामा दुई क्षेत्र भारतको रहेको नयाँ दिल्लीले जनाएको छ । एउटा भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेश थियो, जसलाई चीनले तिब्बतको हिस्सा मान्दछ, जहाँ दुई देशले सन् १९६२ मा सीमा युद्ध लडेका थिए । दोस्रो थियो, अक्साई चीन, जुन तिब्बतलाई पश्चिम चीनसँग जोड्ने उच्च रणनीतिक कोरिडोर हो ।

चीनले पूर्वी हिमालय रहेको अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा भएको दाबी गरेको छ । गत अप्रिलमा राज्यका ११ स्थानलाई चिनियाँ भाषामा जांगनानू वा दक्षिणी तिब्बत भित्र रहेको दाबी गर्दै नक्सा जारी गरिएको थियो । भारतले आफ्नो दाबी गरेको अक्साई चीन, पश्चिमी हिमालयको पठार चीनको नियन्त्रणमा रहेको छ ।

यसअघि भारतका विदेश मन्त्री एस जयशंकरले चीनको क्षेत्रीय दाबीलाई खारेज गरेका थिए । उनले एनडीटीभीमार्फत भनेका छन्, ‘बेतुकमा भारतको भूभाग दाबी गर्दैमा यसलाई चीनको बनाउँदैन ।’

सन् २०२० को जुनमा हिमालयमा दुवै पक्षका सैनिकहरूबीच झडप हुँदा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएपछि दुई एसियाली छिमेकीको सम्बन्ध चिसिएको थियो । सन् २०२० भएको हिंसापछि चीन र भारतबीचको सीमा क्षेत्र शान्त रहँदै आएको छ । तर, नियन्त्रण रेखाका पश्चिम हिमालय सीमामा दुवै देशका दसौँ हजार सैनिकहरू जम्मा भएका छन् ।

गत साता जोहानेस वर्गमा भएको ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच विवादित हिमालय सीमाबारे चिन्ता व्यक्त गरेपछि नयाँ दिल्लीले सो नक्साको विरोध गरेको हो ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -