शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

६१ किलो सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालय आज मुद्दा दर्ता गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३१ भदौ । करिब ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज मुद्दा दर्ता गर्ने भएको छ।

- Advertisement -

प्रहरीबाट प्राप्त भएको अनुसन्धान प्रतिवेदनको अध्ययन सकाएर आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागिएको कार्यालय प्रमुख एवं् सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए। पछिल्लो ११ महिनामै करिब ३ सय ६३ केजी सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका ३२ र फरार १८ लाई प्रतिवादी बनाएर सीआईबीले ३ अर्ब ५० करोड बढीको बिगो मागदाबीसहित मुद्दा चलाउन राय दिएको छ ।

उनीहरुविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउन सिआइबीको सुझाव छ। पक्राउ पर्नेमा ९ जना विदेशी नागरिकसहित भन्सार कर्मचारी, भन्सार एजेण्टसहित रहेका छन्। ५ जना चिनियाँले काभ्रे र काठमाडौंबाट नेपाली नागरिकता र राहदानी पनि बनाएको पाइएको छ।

- Advertisement -

बे्रक सुसहित हङकङबाट नेपाल भित्रिएको सुन गत साउन २ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो। विभागले १९ दिन अनुसन्धान गरी थप अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -