शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024
शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024

नेपाल पत्रकार महासङ्घ पर्साको...

वीरगञ्ज, पर्सा — नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनको मतगणना शुक्रबार राति साढे १०...

५ देशका लागि राजदूत...

काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।...

ओलीले देशमा शान्ति, सुरक्षा...

काठमाडौँ, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री...

एनपीएलमा विराटनगरको दोस्रो जित,...

काठमाडौं,२८ मंसिर । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको...
6.1 C
Kathmandu
12 C
Birgunj
spot_imgspot_imgspot_img

सचिव मधु मरासिनी र टेलिकम प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २३ करोड बिगो दाबी

सिफारिस

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका बहालवाला सचिव मधुकुमार मरासिनी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर गर्दै २३ करोड २७ लाख बिगो मागदावी गरेको छ। ६ वर्षअघि नेसनल पेमेन्ट गेटवे खरिद गरेर भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लागेको छ। कमिसनको चक्करमा किनिएको एक्त गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

- Advertisement -

यो मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।

यस्तै एआईटीसीका सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोखरेल, एनआईटीसीका तत्कालीन लेखा अधिकृत नीमबहादुर वली, एनआईटीसीका कम्युटर इन्जिनियर रामशरण गायक र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढाविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारले जानकारी दिएको छ।

- Advertisement -

नेशनल पेमेण्ट गेटवेका लागि २५ करोडका सामग्री किनिएको आरोपपत्रमा उल्लेख छ। ती सामग्री र उपकरण अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन्।

ताजा समाचार

spot_img
spot_img

थप समाचार