मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

एमाले मधेशमा प्रतिनिधि छनोट अन्तिममा चरणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१६ असाेज । नेकपा एमालेकाे प्रथम मधेश प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनाैट अन्तिम चरणमा छ । प्रतिनिधि चयनका लागि साेमबारलाई ताेकिएकाे निर्वाचन परिणाम धमाधम प्राप्त भइरहेका साे दलकाे प्रदेश प्रचार तथा सूचना विभागले जनाएकाे छ ।

- Advertisement -

प्रदेशका आठवटा जिल्लाका १३६ स्थानीयतहलाई निर्वाचन इकाई ताेकिएकाे छ । पार्टी सदस्य सङ्ख्याका आधारमा चयन हुने प्रतिनिधि सङ्ख्या एक हजार २५ हुने विभागका प्रमुख साेम शर्माले बताए ।

“प्रदेश विभाग र जनसङ्गठनबाट प्रतिनिधिका नाम आइसकेका छन्” शर्माले भने, ‘त्यसैगरी भूगाेल (स्थानीय तह) बाट छानिएका प्रतिनिधिकाे नाम पनि प्राप्त भईरहेका छन् ।” अहिलेसम्म १३६ स्थानीय तहमध्ये ९२ बाट प्रतिनिधिकाे नाम प्राप्त भएकाे विभागले जनाएकाे छ ।

- Advertisement -

भूगाेलबाट छानिने प्रतिनिधिमा ७० प्रतिशत सर्वसम्मत भएका छन् । निर्वाचन कार्यक्रमअनुसार मतदान भएका ठाउँकाे मतगणना परिणाम अाज सम्म आइ सक्ने शर्माले बताए ।

एमालेकाे प्रथम मधेश अधिवेशन यही असाेज २४-२५ गते जनकपुरधाममा हुँदैछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -