वीरगंज,१ फागुन – नेपाली बिधार्थीहरुको पहिलो रोजाईमा रहेको बागंलादेश लगायत अन्य देशहरुमा एम.बि.बि.एस अध्ययन गर्न चाहने बिधार्थीहरुको लागि वाईड रेन्ज कन्सल्टान्सी डब्लु.आर सी ले काठमाडौं लगायत आफ्नो सबै शाखाहरुबाट फ्रि काउन्सलिङ्ग शुरु गरेको छ । एम.बि.बि.एस. अध्ययन गर्न जानु भन्दा पहिला राम्रो कन्सलटेन्टसंग काउन्सलिङ्ग लिनु पर्ने कुरालाई जोड दिदै आएको वाईड रेन्जले बिधार्थीहरुसँग वन टु वन काउन्सलिङ्गको व्यवस्था मिलाएको कन्सल्टेन्सीका सस्थापक सुदिप कुमार नायकले बताए ।
डक्टरलाई समाजमा भगवानको रुपमा लिने गरिएको छ । त्यसकारण जुन सुकै बिधार्थीहरुको पनि डक्टर बन्ने सपना रहेको हुन्छ । त्यसलाई कसरी सहज गर्ने बिषयमा लामो समयदेखि वाईड रेन्जले काम गर्दै आएको छ । वाईड रेन्ज कन्सल्टेन्सी प्रा लि १२ मार्च २००६ मा नेपाल कम्पनि अधिनियममा पंजीकृत शैक्षिक परामर्शदाता संस्था हो। आफ्नो स्थापनाकाल देखि नै विश्वका २० भन्दा बढी राष्ट्रहरुमा बिद्यार्थीरुलाई विभिन्न जानकारीहरु प्रदान गर्दै नेपाल, भारत , बंगलादेश, चीन, यु ए इ, श्रीलंका , माल्दिभ्स लगायतका देशहरुको शैक्षिक संस्थाहरुमा भर्ना गराउन ठुलो भूमिका निर्वाह गर्दै आएको छ । यतिमात्र नभई वाईड रेन्ज कन्सल्टान्सीले कलेजको प्रतिनिधिहरुसँग समेत सम्वादको व्यवस्था मिलाउने गरेको छ ।
नयाँ शैक्षिक सत्रको लागि एडमिसन समाप्त नभएको एवं बिधार्थीहरुलाई जुनसुकै वेलामा पनि सम्पर्कमा आएर काउन्सलिङ्ग लिनलाई अह्वान गरेको छ । कन्सल्टेन्सीले अनलाई काउन्सलिङ्गको समेत व्यवस्था गरेको छ । रेन्जले फरवरी १६ र १७ मा काउन्सलिङ्ग गरी रहेको एवं त्यसको लागि अग्रिम नामाकंनको व्यवस्था समेत गरेको छ ।
मेडिकलमा नेपाली बिधार्थीहरुको पहिलो रोजाईमा रहेको देश बागंलादेशमा छात्राबृति सहितको सुविधा मिलाउनुको साथै अन्य सरकारी सम्पूर्ण प्रक्रिया मिलाउँदै आएको छ । बिधार्थी एवं अभिभावकको बजेट अनुसार बागंलादेशको जुन सुकै युनिभर्सिटीमा एडमिसनको लागि प्रक्रिया समेत पुरा गरेको एवं नेपालमा कलेजको परामर्सदाताको रुपमा समेत काम गर्दै आएको हुनाले कुनै झन्झट समेत नहुने वाईड रेन्जको दावी छ ।
जसका लागि वाईड रेन्जले हरेक बर्ष बंगलादेश सरकारले छात्रवृति तथा सशुल्क तर्फका सिट हरुमा भर्नाको लागि अनलाइन आवेदन आव्हान गर्दै आएको छ । बंगलादेशको जुनसुकै मेडिकल कलेजमा भर्नाका लागि यो प्रक्रिया अनिवार्य हुन्छ । प्रत्येक बर्ष सानो त्रुटीले धेरै विद्यार्थीहरुको फर्म रिजेक्ट हुने गर्दछ । जसको समाधानका लागि वाइड रेन्ज कन्सल्टेन्सीले विद्यार्थीहरुको काउन्सलिङ्गको सुबिधा हरेक बर्ष मिलाउँदै आएको छ । कन्सल्टेन्सीका संस्थापक नायकले रोजेको युनिभर्सिटी एवं कलेजहरुमा भर्नाको लागि आवश्यक प्रक्रिया, पुरै कोर्षको लागि लाग्ने बजेट खानापान एवं भाषा लगायतको बिषयमा बिधार्थी एवं अभिभावक दुवैलाई राम्ररी बुझन आवश्यक रहेको बताउँछन् । उनले त्यसका लागि बिधार्थी तथा अभिभावकहरुलाई काउन्सलिङ्ग अति आवश्यक हुने गरेको चाडै वाईड रेन्जको काठमाडौं पुतली सडकमा रहेको प्रधान कार्यालय एवं देशका बिभिन्न ठाउँमा रहेको शाखा कार्यालयहरुलाई सम्पर्क गर्न बिधार्थीहरुलाई आग्रह गरेका छन् ।