एमाले केन्द्रीय सदस्य सूर्य थापालाई धम्की दिने युवक पक्राउ

spot_img

काठमाडौं, २९ चैत्र । नेकपा (एमाले) केन्द्रीय सदस्य सूर्य थापालाई एसएमएस मार्फत धम्की दिने आरोपमा प्रदीप पन्त नामक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पन्तले रुपन्देही सैनामैना नगरपालिका-११ का २९ वर्षीय युवकलाई मध्यरातको समयमा धम्कीपूर्ण एसएमएस पठाएका थिए।

सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घटना सार्वजनिक गर्दै नेपाल प्रहरीलाई धन्यवाद दिए। थापाले पन्तको परिचय खुल्ने कागजात समेत पोस्ट गरेका थिए। उनले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्, “मलाई मध्यरात (११:४६ बजे) धम्कीपूर्ण एसएमएस लेखी ‘Life on threat cancel Rupandehi’ पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद छ।”

पक्राउ गरिएका युवकका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय