रौतहटबाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला

spot_img

रौतहट,१३ भदौ ।  करिब एक महिनाअघि रौतहटको वृन्दावन नगरपालिकाबाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला परेको छ। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।

साउन ८ गते राति वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतबाट मधेश प्रदेश २–०३–००१ त १९२४ नम्बरको ट्रयाक्टर चोरी भएको थियो। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, चोरी भएको दुई दिनपछि ट्रयाक्टर सर्लाहीको ईश्वरपुर नगरपालिका–११ मा सडक छेउको खाल्डोमा छाडिएको अवस्थामा भेटिएको थियो।

तर, चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गर्न प्रहरीलाई करिब एक महिना लागेको हो। गहन अनुसन्धानपछि प्रहरीले सर्लाही बरहथवा नगरपालिकाका १९ वर्षीय बिजेन्द्र दास र २६ वर्षीय विनोद पण्डितलाई पक्राउ गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार, पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय