अफगानिस्तानको काबुलमा हवाई आक्रमण हुँदा कम्तीमा ४ सय जनाको मृत्यु

spot_img

काठमाडौं,०३ चैत । इरान-अमेरिका युद्ध चलिरहेकोबेला अफगानिस्तानको राजधानी काबुलमा पाकिस्तानले हवाई आक्रमण गरेको छ । लागूऔषध प्रयोगकर्ता रहेको अस्पताललाई लक्षित गरी पाकिस्तानले हवाई आक्रमण गरेको अफगानिस्तानले आरोप लगाएको छ । हवाई आक्रमणमा परी कम्तीमा ४०० जनाको ज्यान गएको र २५० जनाभन्दा धेरै घाइते भएका स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

यो आक्रमणले गएको महिनाको अन्त्यतिर शुरु भएको दुई देशबीचको द्वन्द्व थप गम्भीर भएको संकेत गरेको छ । बारम्बार सीमापार झडपका साथै अफगानिस्तान भित्र हवाई आक्रमणका घटना भैरहेका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार पाकिस्तानी एयरफोर्सका लडाकू विमानले राजधानी काबुलसहित अन्य क्षेत्रहरुमा निशाना बनाएका छन् । तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलमा लागूऔषध प्रयोगकर्ता रहेको अस्पतालमा बम खसालेको बताएका छन् ।

उनले आक्रमणको निन्दा गर्दै मानवताविरुद्धको अपराध भएको टिप्पणी गरेका छन् । तर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले तालिबान सरकारको आरोपलाई अस्वीकार गर्दै काबुलमा कुनै पनि अस्पताललाई निशाना नबनाएको बताएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय