वीरगन्ज नाकाबाट १० लाख मूल्य बराबरको तस्करी औषधिसहित युवक पक्राउ

spot_img

बीरगन्ज,२३ कात्तिक । वीरगन्ज नाकाबाट ठूलो परिमाणमा तस्करी गरिएको औषधिसहित एक युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरका १८ वर्षीय हरिओमकुमार पासवान रहेका छन्।

सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको नेतृत्वमा खटिएको सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले शनिबार वीरगन्ज–१६ इनर्वास्थित खेत क्षेत्रबाट पासवानलाई पक्राउ गरेको हो। उनले भारततर्फबाट अवैध रूपमा टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेका औषधि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको औषधिको मूल्य करिब ९ लाख ५८ हजार ९१३ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनका अनुसार पक्राउ परेका पासवानलाई बरामद औषधिसहित आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरीले हाल सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि निगरानी र गस्ती थप कडा बनाइएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय