गोरखा, २५ फागुन । गाेरखा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् ।
सोमबार साँझ सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार गुरुङ निकटतम प्रतिस्पर्धि उम्मेदवार भन्दा अत्यन्त धेरै मतान्तर हात पार्दै विजयी भएका हुन् । गुरुङले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् ।
तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् ।चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ ।

