मुस्लिम समुदायलाई एकजुट हुन् नेपाल मुस्लिम संघ पर्साकाे आग्रह

spot_img

वीरगन्ज,१३ माघ । पर्साको परवानीपुरमा नेपाल मुस्लिम संघ पर्साको आयोजनामा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटालाई आगामी निर्वाचनमा विजयी बनाउने उद्देश्यसहित बैठक सम्पन्न भएको छ। बैठक नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले कांग्रेस पार्टी सधैं समावेशी लोकतन्त्र, सामाजिक न्याय र अल्पसंख्यक समुदायको अधिकारको पक्षमा उभिँदै आएको बताए। उनले अनिल रुङटालाई जनताको दुःख–सुख बुझ्ने, इमानदार र विकासप्रति प्रतिबद्ध नेता भएको उल्लेख गर्दै सबै समुदायलाई एकजुट भएर कांग्रेसलाई समर्थन गर्न आग्रह गरे।

नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदीले मधेस, मुस्लिम समुदाय र आम नागरिकको अधिकार संरक्षणमा कांग्रेसको ऐतिहासिक योगदान रहेको स्मरण गराए। उनले अवसरवादका कारण विचार परिवर्तन गर्ने प्रवृत्तिले जनताको विश्वास गुम्ने भन्दै लोकतान्त्रिक मूल्य र स्थायित्वका लागि कांग्रेसको विकल्प नरहेको धारणा व्यक्त गरे।

नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँले उम्मेदवार रुङटा मुस्लिम समुदायका भावना बुझ्ने र सधैं साथ दिने नेता भएको बताए। विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा रुङटाको स्पष्ट दृष्टिकोण रहेको उल्लेख गर्दै उनले मुस्लिम समुदाय एकजुट भएर कांग्रेस उम्मेदवारको समर्थनमा उभिएको जानकारी दिए।

उम्मेदवार अनिल रुङटाले सबै समुदायलाई समेटेर क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता जनाए। उनले मधेसी, मुस्लिम, दलित, महिला र युवाको अधिकार सुनिश्चित गर्न कांग्रेसको नीति तथा कार्यक्रमअनुसार इमानदार प्रयास गर्ने बताए।

बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय कुमार द्विवेदी, सचिव इम्तियाज आलम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, क्षेत्र नं. २ का क्षेत्रीय सभापति, नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष मो. साबुदिनलगायत पार्टीका नेता–कार्यकर्ता तथा मुस्लिम संघका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय