Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

अशोक टेमानीको घरदैलो अभियानः...

वीरगंज (पर्सा), २३ माघ  - पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत जनता समाजवादी...

धोबिनीमा कांग्रेस उम्मेदवार रमेश...

वीरगंज,२३ माघ -  पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य...

एमाले उपमहासचिव योगेश :...

वीरगञ्ज, २३ माघ – पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं....

पर्सा–३ लाई भाषण होइन,...

वीरगञ्ज,२३ माघ - पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेरवा सुगौली गाउँपालिका वडा नम्बर–४ पथरइयाँमा...
spot_img

भारतको मेघालयमा अवैध कोइला खानी विस्फोटमा १८ जनाको मृत्यु , दर्जनौँ फसेको आशंका

spot_img

काठमाडौँ,२३ माघ । भारतको उत्तर–पूर्वी राज्य मेघालयस्थित इस्ट जयन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेको कोइला खानीमा बिहीबार भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको मृत्यु भएको छ। मृतकमध्ये खोटाङका दुई नेपाली दाजुभाइ पनि रहेका जनाइएको छ।

प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको डायनामाइट विस्फोट हुँदा सुरुङहरू भत्किनुका साथै विषाक्त ग्यास फैलिएको थियो। घटनापछि उद्धार टोलीले हालसम्म १८ जनाको शव बाहिर निकालेको छ भने आठ जना घाइते भएका छन्। स्थानीयका अनुसार खानीभित्र अझै ३० देखि ४० जनासम्म कामदार फसेको हुनसक्ने आशंका गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन्। यसैगरी, मेघालय राज्य सरकारले मृतकका परिवारलाई थप तीन लाख रुपैयाँ सहयोग दिने जनाएको छ।

मेघालयमा ‘रेट–होल’ प्रविधिबाट कोइला उत्खनन सन् २०१४ देखि प्रतिबन्धित भए पनि उच्च आम्दानीको लोभमा जोखिमपूर्ण रूपमा खानी सञ्चालन भइरहेका छन्। यस्ता खानीहरूमा नेपाली तथा आसामका श्रमिकसमेत कार्यरत रहने गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय