Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

फागुन २० रातिदेखि मतदान...

काठमाडौं,१४ फागुन । निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म...

न्युजिल्यान्डको शानदार जित, श्रीलंका...

टी–२० विश्वकपको पछिल्लो नतिजाबारे स्पष्ट नेपाली अपडेट।

वीरगंज–२६ अठराहामा बिना जैसवालको...

वीरगंज, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्सा निर्वाचन क्षेत्र नं. २...

वीरगञ्जमा निर्वाचन रिपोर्टिङ र...

वीरगञ्जमा सम्पन्न अभिमुखीकरणले निर्वाचन रिपोर्टिङमा आचारसंहिता र तथ्यपरक पत्रकारिताको आवश्यकतामा जोड दिएको छ।

हेटौँडामा दुर्घटना गराएर भागेको ट्रक पर्सामा फेला

spot_img

बीरगन्ज,१३ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित बस्तीपुरमा दुर्घटना गराएर भागेको ट्रक पर्साको बीरगन्जमा भेटिएको छ ।

बुधवार बिहान अज्ञात सवारीले ना।४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–१ घर भएका २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङ छन् ।

हेटौँडामा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने मालवाहक ट्रक रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बीरगन्जमा दुर्घटना हुँदा ठोक्किएको भाग मर्मत गर्न भनेर पाटपुर्जा खोल्दै गरेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिइएको पर्साका एसपी नरेश सुवेदीले  बताए ।

बीरगन्ज महानगरपालिका–१३ स्थित प्रतिमाचोकमा रहेको ग्यारेजमा बनाउँदै गरेको अवस्थामा प्रहरीले ग।२ ख ८९८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । ट्रकका चालक फरार छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरिरहेको छ ।

चालकले सो मालवाहक ट्रक भोला बडी बिल्डर्स नामको ग्यारेजमा मर्मत गर्न छाडेर फरार भएको थाहा भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय