वीरगञ्जका व्यवसायी सज्जन अग्रवालले दोहोरो नागरिकता लिएको प्रमाण फेला, छानबिनको माग तीव्र

spot_img

वीरगञ्ज, २८ माघ —  वीरगञ्ज जेल रोडमा निवासी रहेको दावी गर्दै आएका कस्मेटिक व्यवसायी सज्जन अग्रवाल भारतीय नागरिक भएको प्रमाण फेला परेको छ। प्राप्त सूचनाअनुसार उनका पिता फुलचन्द अग्रवालसहित परिवारका अन्य सदस्यहरू समेत भारतीय नागरिक रहेको तथ्य उजागर भएको छ। जेल राेडमा वस्दै आएका उनी वीरगंज महानगरपालिका वडा नं. ६ बाट जन्मको आधारमा नागरिकता लिएको स्रोतको दावी छ ।

स्थानीय स्रोतहरूका अनुसार अग्रवालले नेपाली र भारतीय दुवै नागरिकता लिएका छन्। दोहोरो नागरिकता लिने कार्य नेपालको प्रचलित नागरिकता ऐनविपरीत हुने कानुनविद्हरू बताउँछन्। नेपालको कानुनले दोहोरो नागरिकतालाई स्पष्ट रूपमा निषेध गरेको छ, र दुई देशको नागरिकता लिएको पुष्टि भएमा स्वतः नेपाली नागरिकता खारेज हुनुका साथै कानुनी कारबाहीसमेत हुने व्यवस्था छ।

आरोपअनुसार अग्रवालले दुवै देशमा व्यापार सञ्चालन गर्दै आएका छन् र दुवै मुलुकका नागरिकका हैसियतमा सेवा–सुविधा उपभोग गरिरहेको दाबी गरिएको छ। पछिल्ला वर्षहरूमा उनले वीरगञ्जका ठूला व्यापारिक घरानासँग सम्बन्ध विस्तार गर्दै व्यापारिक प्रभाव बढाउने प्रयास गरेको पनि बताइएको छ। साथै, केही राजनीतिक व्यक्तित्वसँग निकटता बढाउँदै सार्वजनिक गतिविधिमा सक्रिय हुन थालेको चर्चा पनि छ।

सम्बन्धित निकायले हालसम्म उनीमाथि कुनै किसिमको चासो नलिएको भए पनि यस विषयमा गम्भीर अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न सरोकारवाला निकायसमक्ष स्थानीयवासीले माग गरेका छन्। स्थानीयहरूका अनुसार आरोप सत्य ठहरिएमा कानुनअनुसार कडा कारबाही हुनुपर्ने आवाजसमेत वीरगञ्जमा उठ्न थालेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय